शुक्रबार, बैशाख १४, २०८१

स्थानीय निर्वाचनपछि मुलुकमा आर्थिक क्रान्ति : अर्थमन्त्री महरा

बिराटनगर,२४ चैत । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णवहादुर महराले स्थानीय तहको निर्वाचनपछि मुलुकमा आर्थिक क्रान्ति सुरु हुने बताएका छन् ।

मोरङ ब्यापार संघको ६२औं बार्षिक उत्सवको उदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले मुलुकमा लामो समयदेखि राजनीतिक क्रान्ति भएको र त्यसको उपलब्धी संस्थागत गरी नेपाललाई सवल र सक्षम बनाउन आर्थिक क्रान्तिको आवश्यकता औल्याए ।

मन्त्री महराले आर्थिक क्रान्तिको अभावमा मुलुक विकास चरणवाट सधैं पछि परेको बताए । उनले अहिले देश संक्रमणकालको अन्त्य हुँदै चुनाववाट सापेक्षित स्थायीत्वको मार्गमा अघि वढेको समेत वताए ।

मन्त्री महाराले सरकार अहिले तोकिएकै समयमा चुनाव सम्पन्न गराउन आफ्ना सवै संयन्त्र परिचालन गरिएको पनि जानकारी दिए ।