शुक्रबार, मङि्सर २१, २०८१

एमाले र राप्रपा एकअर्काविच चुनावी सहकार्यको लागि छलफल

काठमाडौं,२३ चैत ।  स्थानीय तहको चुनाव नजिकिदै जाँदा एमालेले आफूविरुद्ध मोर्चाबन्दी कसिलो हुन नदिन राप्रपासँग सहकार्यको लागि छलफल गरेको छ ।
मंगलबार दुई दलका शीर्ष नेताहरुबीच भएको छलफल सहकार्यमै केन्द्रीय रहेका नेताहरुले बताएका छन् ।

छलफलमा राप्रपाले देशभर नभई जिल्लागत रुपमा तालमेल गर्ने मनसाय देखाएको छ । एमाले नेतानहरुले पनि पनि एकले अर्काको सहयोग लिएर दुवैले जित्ने अवस्था भएका ठाउँमा तालमेल गर्न सकिने बताएका छन् ।

राप्रपाका एक नेताले भने९एमाले हाम्रो बलमा पहिलो शक्ति बन्न चाहन्छ र हामीलाई पनि प्रमुख शक्ति बन्न कसै न कसैको साथ चाहिएको छ । त्यसैले हामी एमालेसाग नजिक छौं ।’

केपी ओली सरकारमा उपप्रधानमन्त्री रहेका कमल थापाले अन्तिमसम्म साथ दिएका थिए । प्रचण्ड सरकारमा पनि नगएका थापा राप्रपासँग पार्टी एकता गरेर अध्यक्ष बनेपछि ‘चुनाव सुनिश्चित गर्न’ भन्दै सरकारमा गएका छन् ।