काठमाडौं । अब उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा छुट्टा-छुट्टै ब्याजदर कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीतिमार्फत यस्तो प्रावधान ल्याएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले सो घोषणा गरेका हुन् । बैंकबाट प्रवाह भएको कर्जाको ठूलो अंक वैदेशिक व्यापारमा जाँदा व्यापार घाटा बढिरहेको अवस्थामा राष्ट बैंकले यस्तो प्रावधान ल्याएको हो ।

