बुधबार, बैशाख १९, २०८१

आयरल्यान्डमाथि न्युजिल्यान्डको ८८ रनको सहज जित

न्युजिल्याण्डले घरेलु टोली आयरल्याण्डविरुद्धको टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिज एक खेल अगाबै जितेको छ।

बेलफास्टमा गएराति आयरल्याण्डलाई ८८ रनले पराजित गर्दै न्युजिल्याण्डले तीन खेलको सिरिज २(० ले जितेको हो । न्युजिल्याण्डले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १३ ओभर ५ बलमा अलआउट हुँदै ९१ रनमा समेटियो ।

आयरल्याण्डका मार्क एडीयरले २७ रन जोडे । पाउल स्ट्रर्लिङ २१ तथा कुर्टिस क्याम्पियरले १४ रनमा आउट भए ।न्युजिल्याण्डका ईस सोधी र मिचेल व्राकवेलले समान ३र३ विकेट लिए । जाकोवी डुफाईले २ तथा लक्कि फर्गुसनले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो ।न्युजिल्याण्डका ड्यानी क्लेभरले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ खेले ।

फिना एलेनले ३५ रन जोड्दा ग्लेन फिलिप्सले २३ रन बनाए ।घरेलु टोलीका लागि काग्री योंग र जोस लिटिलले समान २र२ विकेट लिए ।दुई टोलीको तेस्रो तथा अन्तिम टी-ट्वान्टी शुक्रबार हुनेछ ।