बिहिबार, बैशाख ०६, २०८१

तामाकोशी बनेपछि ६ महिना विजुली बेच्छौं : कुलमान

काठमाडौं,२३ चैत । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर घिसिङले विद्युतको डिमाण्ड (माग) बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् ।

उनकाअनुसार अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन्, अब यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ । आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए । भारतबाट हुने आयातलाई क्रमश घटाइने भन्दै प्राधिकरण प्रमुख घिसिङले अघि भने, ‘तामाकोशी बनेपछि त वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।’ उनले आउनुअघि नै विजुली बचतमा जाने बताए

घिसिङले अघि भने,’अब लोडसेडिङको चिन्ता छैन । हामीले विजुलीको माग र आपूर्तिलाई ब्यवस्थापन गरेका छौं । अब औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि घटाउँछौं । घिसिङले अब सुख्खा सिजन पार भएको र नदिमा पानीको सतह पनि बढेकाले प्राधिकरणलाई अब लोडसेडिङको चिन्ता नहुने बताए । ४५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७५ मंसिरमा पहिलो युनिट सञ्चालनमा ल्याउने योजना छ ।