सोमबार, भदौ २४, २०८१

रामेछापमा एमालेको चुनावी अभियान तिव्र,टिकट आफ्नोमा पार्न लभिङ सुरु

मन्थली,२२ चैत । १९ वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनको रामेछापमा एमालेको चुनावी अभियान तिव्र बनेसंगै टिकट आफ्नोमा पार्न लभिङ सुरु गर्न लागेको छन् ।
आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनको लागि देशका विभिन्न जिल्लामा चहलपहल सुरु संगै तयारी र प्रचार पनि तिव्र बनेको छ । यसैबीच रामेछापको विभिन्न २ नगरपालिका तथा ६ गाउँपालिकामा पनि स्थानीय निर्वाचनका लागि पूर्व तयारीहरू भइरहेको छ । रामेछापमा चुनावी माहोल सँगै उम्मेदवारको हुने बहस पनि चुलिएको छ । जिल्लामा प्रमुख तिन दल कांग्रेस ,एमाले र नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई तिब्रता दिएका छन् । उम्मेदवार छनोट गर्नको लगि एमालेले पनि कार्यविधि र मापदण्ड बनाएको छ । सोही अनुसार जिल्ला कमिटीले सम्भावित उम्मेदवारको बारेमा छलफल अगाडि बढाएको छ । रामेछापको ६ गाउँपालिकाका प्रमुख र २ नगरपालिमा को को उम्मेदवार बनाउने भन्नेमा एमालेले आन्तरिक तयारी थालेको छ । एमाले रामेछापमा सम्भावित र चर्चामा रहेका गाउँपालिका प्रमुख र दुई नगरपालिका मेयरका उम्मदेवारहरुः को को छन् त ?
सुनापति गाउँपालिकाबाट संभावित उम्मेद्वारहरू प्रदिप योञ्जन, गंगाबहादुर घिमिरे, देवेन्द्र मोक्तान पासाङ डोल्मा लामाको नाम चर्चामा रहेको छ ।
दोरम्बा गाउँपालिकाबाट संभावित उम्मेद्वारहरू प्रेम कुमार लामा, तुलप्रसाद कडेल, कुमार कडेल र कोमल ढुंगेललेको नाम चर्चामा रहेको छ ।
खाडाँदेवी गाउपालिकाबाट संभावित उम्मेद्वारहरू प्रेमबहादुर तामाङ, होमबहादुर बुढाथोकी, ज्ञानकुमार श्रेष्ठको नाम चर्चामा रहेको छ ।
लिखु गाउँपालिकाबाट संभावित उम्मेद्वारहरू भोजराज कडरिया, उद्धब कडरिया, गोविन्द बहादुर खड्का, कमल कडरिया र मुकुन्द कडरियाको नाम चर्चामा रहेको छ ।
उमाकुण्ड गाउँपालिकाबाट संभावित उम्मेद्वारहरू कुमार कार्की, पर्शुराम बस्नेत ,आङबाबु लामा ,चित्र बहादुर कार्की ,शेरबहादुर सुनुवार, दुर्गा बिक्रम कार्की र गंगा कार्कीको नाम चर्चामा रहेको छ ।
गोकुलगंगा गाउँपालिकाबाट संभावित उम्मेद्वारहरू राजेन्द्र कुमार कार्की, खडकबहादुर सुनुवार, अर्जुनकुमार कार्की र बुद्धिबहादुर कार्कीको नाम चर्चामा रहेको छ ।
मन्थली नगरपालिकाबाट मेयरका संभावित उम्मेद्वारहरू सचिव आन्नद श्रेष्ठ, रमेशकुमार बस्नेत,कृष्णहरि अधिकारी, लव श्रेष्ठ, माया कार्की र गोपाल श्रेष्ठको नाम चर्चामा रहेको छ ।
रामेछापमा नगरपालिकामा मेयरका आकांक्षी रोशन पाख्रिन, डेक बहादुर तामाङ, ढालविक्रम कार्की र शान्ता सापकोटाको नाम चर्चामा रहेको छ ।
नयाँ संरचना अनुसार एमालेले ६ वटा गाउँपालिका र २ वटा नगरपालिमा इन्चार्ज, संयोजक र सह–संयोजक तोकेर चुनावी अभियानमा जुटेको छ । ६४ वटा वडामा भेला सम्पन्न गरेर एमालेले गाउँपालिका कार्यालय स्थापनादेखि चुनावी अभियानमा जुटेको छ ।