मङ्गलबार, बैशाख ०४, २०८१

पत्रकार महासंघको चुनाव एक महिनापछि सर्‍यो

काठमाडौं,२१ चैत । नेपाल पत्रकार महसंघको अधिवेशन एक महिना पछि परेको छ । हरेक तीन वर्षमा मे तीन -वैशाख २०/२१) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुँदै आएको अधिवेशन यसपाली स्थानीय चुनावका कारण एक महिनापछि सरेको हो ।
अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा आइतबार नगरकोटमा सम्पन्न बार्‍हौं पूर्ण बैठकले अधिवेशन जेठ २० मा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
बैशाख ३१ मा हुने स्थानिय निर्वाचनमा पत्रकारहरु समाचारमा केन्द्रित हुनुपर्ने भएकोले महासंघको निर्वाचन एक महिना पछि गर्ने निर्णय गरिएको महासचिव उजीर मगरको भनाइ छ । यदि स्थानीय चुनावको मिति फेरबदल भएमा भने महासंघको अधिवेशन बैशाख २० मै हुने छ ।

महासंघको बैठकले अधिवेशन हुन बाँकी जिल्ला शाखा, एशोसिएट र प्रतिष्ठानले आउँदो ७ बैशाखभित्र चुनाव गरिसक्नु पर्ने निर्णय गरेको छ । यो समयसीमाभित्र निर्वाचन नगर्ने शाखालाई २५ औं महाधिवेशनमा सहभागी नगराउने निर्णय समेत पत्रकार महासंघले गरेको छ ।