शुक्रबार, बैशाख १४, २०८१

एमालेवाट मन्थली नगरपालिकाको मेयरमा तिन नेताको चर्चा

कैलाश खत्री,रामेछाप,२१ चैत ।  स्थानिय तहको निर्वाचन बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकिएसंगै नेकपा एमाले रामेछापको मन्थली नगरपालिकामा मेयरको उम्मेद्वारको पनि चर्चा र परिचर्चा चिया पसल , बजारदेखी सार्वजनिक कार्यक्रम स्थल लगाएत सबै ठाउँमा भैरहेको छ । मन्थली नगरपालिकाको मेयर उम्मेद्वारका लागि रामेछाप एमाले भित्रका तीन नेताले दावि गरेका छन् । उनिहरुले पार्टीले आफुलाई टिकेट दिए जित्ने दावी गदै आएका छन् । यी नेताहरु अहिले पार्टी भित्र आफुतर्फ माहोल बनाउन कम्मर कसेर लागि परेका छन् । को को परेका छन् ?

 

आनन्द श्रेष्ठ
aanandaउमेरले ३७ बर्ष पुगेका आनन्द श्रेष्ठले अधिकांस समय विद्यार्थी राजनितिमा विताएका छन् । सिन्धुलीको खुर्कोटमा माध्यामिक तह पढ्दा देखि नै अखिलको राजनितिमा सक्रिय उनि अनेरास्ववियुको अञ्चल केन्द्र हुदै वि.स २०५७ सालमा निर्वाचित नेपाल कमर्स क्याम्पस मिनभवनका स्ववियु सभापति समेत बनिसकेका छन् ।

अहिले उनि एमाले रामेछापको जिल्ला सचिवका रुपमा रहेका छन् । जिल्लामा प्रखर वक्ता , बैचारिक हिसावले अब्वल र युवा नेताको छवि बनाएका श्रेष्ठ मेयरको उम्मेदारीमा पार्टी नेताहरुलाई आफ्नो पक्षमा पार्न लागि परेका छन् ।

रमेश बस्नेत

ramesh५४ बर्षिय बस्नेत पृष्ठ भुमिनै कम्पुनिष्ट भएका नेता हुन् । वि.स २०३५ सालदेखी अखिलवाट राजनितिक यात्रा सुरु गरेका उनी अखिल छैठौँको काठमाण्डौ जिल्ला सचिव हुदै केद्रीय महासचिव समेत बनेका थिए । वि.स २०४७ सालमा जनमोर्चा रामेछापका अध्यक्ष भएका उनी पार्टी एकिकरण पछि वि.स २०५२ सालमा एमाले रामेछापका उपसचिव बनेका थिए । पार्टी बिभाजन संगै उनी नेकपा माले रामेछापका सचिव र वि.स २०५४ सालमा जिल्ला विकास समिति रामेछापका उपसभापति र २०६० सालमा जिल्ला विकास समितिको सभापति समेत भैसकेका छन् । उनी भन्छन् मेरो कम्युनिष्ट राजनितिक जीवनयात्रा अलि घुमाउरो प्रकृतिको छ । तर प्रगतिशिल आन्दोलवाट आफु बिचलित नभएको उनको जिकिर छ ।

यो स्थानिय तहको निर्वाचनमा मन्थली नगर मेयरको आफु सशक्त दावेदार रहेको बताउछन् । भुमिकाका हिसावले सबै जिम्बेवारी लिईसकेको बताउदै मेयरको जिमवेवारी आए कुशलता पुर्वक निर्वाह गर्ने उनको भनाई छ ।

कृष्णहरि अधिकारी

krishna hariबि.स २०१६ सालमा गेलु ३ मा जन्मीएका अधिकारी दोलखाको मेलुङ गाविसमा रहेको त्रीभुवन माविमा पढ्दै गर्दा अनेरास्ववियुको राजनितिमा लागेका थिए । त्यहिवाट बामपन्थी राजनिति बुझेका अधिकारी केहि समय शिक्षण पेशामा आबद्ध रहे ,भने बाकि समग्र समय नेकपा एमालेको पार्टी राजनितिमा बिताएका छन । रामेछापमा तिन पुष्ते राजनितिक सम्बन्ध रहेका अधिकारीका बाबु रिपमर्दन अधिकारी पुराना कम्युनिष्ट नेता हुन् भने हाल जेष्ट कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य छन् । छोरा सागरहरि अधिकारी अनेरास्ववियु रामेछापका अध्यक्ष छन् ।

२०४३ सालमा पञ्चभित्र प्रगतीशिल उम्मेद्वार छिर्ने पार्टीको निर्देशन अनुसार उनी साविकको गेलु गाविसको जननिर्वाचित उपप्रधान पञ्च बनेका थिए भने २०४७ सालमा पार्टी सदस्यता प्राप्ती गरेका थिए । ठुलो मतदाता सङख्या र एमालेको पकेट क्षेत्र मानिएको गेलुमा बि.स २०४९ सालमा निर्वाचित गाविस अध्यक्ष पुन:२०५४ सालमा सोहि गाविसको अध्यक्ष बनेका थिए । २०५५ सालवाट एमाले रामेछापको ज़िल्ला कमिटीमा राजनितिक गरिहेका उनी २०६६ सालमा भएको छैठौ जिल्ला अधिवेशनबाट र्निबिरोध निर्वाचित जिल्ला उपाध्यक्ष भएका थिए ।

अहिले चुनावी दौरानको सिलसिलामा एमाले मन्थली नगरकमिटीको संयोजकको भुमिकामा छन् । पार्टीभित्र सरल अनुशासित जनमैत्री स्वभावका उनी मेयरको प्रमुख दावेदारी भित्र पर्दछन् ।

यी तीन नेताको चर्चाको साथमा मेयरको लागि मन्थली नगरपालिमा एमालेको तर्फबाट लव श्रेष्ठ, माया कार्की र गोपाल श्रेष्ठको पनि नाम चर्चामा रहेको रामेछापका एक नेताले जानकारी दिए ।