बिहिबार, बैशाख १०, २०८३

दोस्रो भेट्रान्स कपको मिति सर्यो, अब सेप्टेम्बर ४ मा हुने

टोकियो । जापानमा कृयशील फुटवल क्लव कावासाकी वुल्सको आयोजनामा गत वर्षदेखि सन्चालित भेट्रान्स गोल्ड कप सेप्टेम्बर ४ तारिख आईतबार हुने भएको छ ।

यसअघि जुलाई १७ तारिख तय गरिएको टुर्नामेन्ट जुलाईमा चर्को गर्मी रहेको कारण सबै खेलाडीहरुको स्वस्थ्य स्थितिलाई मध्यनजर गर्दै केहि समय सार्नु परेको क्ल्वका अध्यक्ष मिथुन गुरुङले वताए ।
पहिलो संस्करण सभ्य र भव्य तवरले समापन भएकोले सोहि सफलतालाई उर्जाको रुपमा लिंदै दोस्रो संस्करणको तयारीमा जुटेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुल गुरुङले वताए ।
प्रतियोगिताको विजेता टिमले २३३,३३३ येन नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उप-विजेता टिमले १२२,२२२ येन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पहिलो सिजनमा सहभागिता जनाई सहयोग गर्ने विभिन्न फुटवल क्लवहरु, आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुसँग हातेमालोको अपेक्षा आयोजकले गरेको छ ।