बिहिबार, बैशाख १३, २०८१

स्थानीय तहको निर्वाचन कसैले रोक्न सक्दैन : विष्ट

गुल्मी,२० चैत । एमालेका सचिव गोकर्ण विष्टले वैशाख ३१ गतको स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् ।

मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटदह र म्यालपोखरीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले लामो समयदेखि स्थानीय तहमा जनप्रतिनिधि बिहीन हुँदा जनतालाई समस्या भएको बताए ।

नेता बिष्टले एमालेका कार्यकर्ताहरूलाई निर्वाचनमा लाग्न निर्देशन दिए । उनले निर्वाचनका लागि एकतावद्ध भएर जानुपर्ने उल्लेख गरे ।

यसैबीच, एमाले सचिव विष्टले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताए । उनले भने, ‘गाउँको विकासमा अवरोध गर्नु हुँदैन । राजनीति गर्दा त्यसले जनतालाई नै बेफाइदा हुन्छ ।