दिपायलस्थित पिपल्ला बजारमा भीषण अगालागी

दिपायल, २० चैत । डोटी सदरमुकाम दिपायलस्थित पिपल्ला बजारमा भीषण अगालागी भएको छ ।

दिपायल बजारको बीचमा रहेको जीबी आयल स्टोरबाट सल्किएको आगोले विकराल रुप लिई नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी विजय भट्टका अनुसार अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् । २ वटा मोटरसाइकल पिन जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पड्किरहेकाले आगो अझै नियन्त्रणमा आएको छैन ।

दिपायल नगरपालिकाको दमकल बिग्रिएका कारण डडेल्धुराको अमरगढी नगरपालिकाको दमकल बोलाइएको छ ।

आगो नियनत्रण्का लागि स्थानीय र प्रहरी खटिएका छन् । तर, आगो फैलँदै गएको छ । आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ ।  आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया