बुधबार, बैशाख १२, २०८१

भारतवाट ल्याईने विजुलीको शुल्कमा भारी वृद्धी

काठमाडौं,२० चैत । भारतबाट आयात हुने विजुलीको शुल्क भारतको बेवास्ताका कारणा शनिबारदेखि थप महंगो भएको छ ।  नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज कमिटीको पछिल्लो बैठक सन् २०११ मा बसेको थियो । त्यसयता भारतीय बेवास्ताकै कारण अहिलेसम्म बसेको छैन ।

पावर एक्सचेन्ज कमिटीले मूल्य पुनरावलोकन नगर्दा विजुली खरिद-बिक्री दर लगातार बढिरहेको छ ।

२०११ को बैठकमा हरेक वर्ष बैठक बस्ने गरी वाषिर्क ५.५ प्रतिशतका दरमा विजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर, त्यसपछि सो समितिको बैठक बसेन र नेपाललले वाषिर्क रुपमा विजुलीको मूल्य बढ्दै गर्दा पनि तिर्न बाध्य भइरह्यो । यो वर्ष पनि सोही नियति दोहोरिएको छ । अब ११ केभीको ट्रान्समिसनबाट आउने भारतीय विजुल महंगिएर प्रतियुनिट ६.९ भारु पुगेको छ । त्यसैगरी ३३ केभी ट्रान्समिसनबाट आउने एक युनिट विजुली अब महंगिएर ६.४२ भारु पर्ने भएको छ ।

१३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५.९२ भारु तिर्नुपर्ने भएको छ । अब ५० मेगावाट बढी भारतीय विजुली ल्याउँदा प्रतियुनिट ५.८५ भारु तिर्नुपर्नेछ ।

हिजोसम्म ११ केभी प्रसारणलाइनबाट प्रतियुनिट ६ रुपैयाँ ५४ पैसा भारु, ३३ केभीमार्फत आउने ६.०८ भारु र १३२ केभीमार्फत ५० मेगावाटसम्म ल्याउँदा ५.६२ भारु र ५० मेगावाट बढी ल्याउँदा ५.५५ भारु तिरिरहेको थियो । अब यसमा ५.५ प्रतिशत मूल्य स्वतः बढेको छ ।