Nepali date


आइतवार, जेष्ठ १८, २०७७

निर्वाचनलाई केन्द्रीत गरेर काँग्रेसले प्रदेशस्तरीय आमसभा गर्ने

काठमाडौ,१९ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सातै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने तयारी गरेको काँग्रेसले जनाएको छ । उक्त बैठकले भेलाको मिति भने सभापति शेरबहादुर देउवासँग समन्वय गरी तय गरिने जनाएको छ।
निर्वाचनमा पार्टीको प्रदेशदेखि टोलस्तरसम्म निर्वाचन परिचालन समिति बनाउन परिपत्र गर्ने र मुलुकभरबाट सूचना सङ्कलन तथा सम्पे्रषणका लागि पार्टी केन्द्रीय कार्यालयमा सशक्त सञ्चार केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । साथै पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाका साथै व्यवसायीसँग छलफल गर्ने निर्णय गरेको छ । पहिलो बैठकले समितिको कार्यविधि तय गर्नाका साथै निर्वाचनमा पार्टीको भूमिका सशक्त बनाउन सबै संरचना कसरी परिचालन गर्ने सम्बन्धमा छलफल भएको समिति सदस्य पुष्पा भुसालले जानकारी दिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया