माओवादी केन्द्रको चुनावी घोषणा गाउँ-गाउँमा फ़्री वाइफ़ाई

काठमाडौं,१८ चैत । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले आगामी ३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा तयार पारेको छ ।

प्रतिवद्धता पत्र नाम दिँदै तयार पारिएको घोषणापत्रको मस्यौदामा ‘सिंहदराबार केन्दि्रत जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पुर्‍याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔ’ भन्ने नारा दिइएको छ ।

माओवादी केन्द्रको चुनावी प्रतिवद्धतापत्रमा ठूला-ठूला आश्वासन भन्दा पनि गाउँ र नगर समृद्धि गर्न सके मात्र देश बन्न सक्ने जनाई स्थानीय तहलाई दरिलो बनाउने विषयलाई महत्व दिइएको छ । जसमा समावेशी लोकतन्त्रको जग नै स्थानीय तह भनेर उल्लेख गरिएको छ भने समृद्ध गाउँ/नगर निर्माण गर्नु नै समृद्ध नेपालको आधार भन्ने किटानी गरिएको छ ।

@राजधानी दैनिक

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: