बिहिबार, असार ०४, २०८३

इन्धनमा मूल्यबृद्धि बाध्यात्मक : उद्योगमन्त्री

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इण्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने वक्यौता रकम बढ्दै जाने भएकाले इन्धनको मूल्य समायोजन गरिएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा जवाफ दिँदै मन्त्री बडूले मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यतात्मक स्थिति देखापरेका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बताएका हुन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखि मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब ५० अर्ब घाटा हुन गएको छ। त्यसैले मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यतात्मक स्थिति देखापरेको छ।’ उनले मूल्य बढ्नुभन्दा पहिलेको स्थितिमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैंया २८ पैंसा घाटा रहेको दाबी गरे ।