यातायात कार्यालय नेपालगञ्जका प्रमुख निलम्बित

काठमाडौं,१७ चैत ।  यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् ।

लाइसेन्सको परीक्षामा झण्डै ५ करोडको चलखेल भएको देखिएपछि यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेको हो । यातायात व्यवस्था कार्यालय, नेपालगञ्जले गत भदौमा लाइन्सेन्सको आवेदन खोलेको थियो, जसमा झण्डै २३ हजार सहभागी भए । तर, कार्यालय प्रमुख सुवेदीको नेतृत्वमा ९० प्रतिशत आवेदकको कापी नै जाँच नगरी पास गराएको खुलेको छ । यसमा करिव ५ करोडको आर्थिक चलखेल भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको मन्त्रालय स्रोतले जनाएको छ । सुवेदीलाई निजामति सेवा ऐन अनुसार निलम्बन गरी २४ घन्टाभित्र यातायात व्यवस्था विभागमा हाजिर हुन भनिएको छ ।

मन्त्रालयले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत १४ जना कर्मचारीसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: