काठमाडौं । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा गायिका सपना रोकाको नयाँ दोहोरी गित नन्दनी सार्वजनिक भएको छ ।
दोहोरी गायक खेम सेन्चुरी र गायिका सपना रोकाको आवाजमा सजिएको उक्त गितमा गायक एवम् सर्जक विक्रमबाबु विश्नकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक नन्दु परियारको संगित रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।
सुनिल क्षेत्रीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपानेको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।
अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन एवम् विकास ज्ञवालीले सम्पादन गरेका हुन् । अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो सपना रोकाको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
भिडियो

