आरआरमा अनेरास्ववियुका तपेन्द्र शाहीसहित पूरै टीम विजयी

काठमाडौं,१६ चैत । नेपालकै सबै भन्दा ठूलो र शक्तिशाली मानविकी क्याम्पस रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन परिणाम आएको छ । मत परिणामको औपचारिक घोषणा नभए पनि अनेरास्ववियुको प्यानल नै विजय भएको छ ।

जम्मा १२ सय ७६ मत खसेकोमा सबै भन्दा बढी मतसहित अनेरास्ववियुका तपेन्द्र शाहीसहितको टीम विजयी भएको छ । नेविसंघ दोस्रो भएको छ । समानुपातिकतर्फ अनेरास्ववियुको ७ सय ७७ मत प्राप्त गरेको छ । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले केही बेरमै औपचारिक घोषणा हुने जानकारी दिए ।  शाहीले करिब सात सय मत प्राप्त गरेका छन् ।

आरआरमा स्ववियुमा अनेरास्ववियुको प्यानल
सभापति तपेन्द्र शाही ६९९
सचिब नारायण शर्मा ६९६
कोषाध्यक्ष संगम प्रसद देबकोटा ७१०
सदस्य उज्जवल न्यौपाने ६७५
सदस्य उर्वशी सिह नेपाली ६९८
सदस्य जनक शाही ७२७
सदस्य दिनेस बजगाइ ७२०
सदस्य दिपक खतिवडा ७०४
सदस्य मदन भन्डारी ७३९
सदस्य श्याम बहादुर बि क ७०५
सदस्य सुजिता धिताल

rr

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: