बिहिबार, जेठ १७, २०८१

पार्टी हित विपरित गर्ने ४ केन्द्रीय सदस्यलाई नयाँ शक्तिवाट निष्कासन

काठमाडौं,१५ चैत । वावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको घोषणा गरेको छ ।

सोमवार बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई , चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेकाले उनीहरुलाई निस्कासन गरिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।