मङ्गलबार, बैशाख ०४, २०८१

कावासाकी वुल्सको आयोजनामा हुने दोस्रो भेट्रान्स कप जुलाई १७ मा हुने

टोकियो । जापानमा कृयाशिल फुटवल क्लव कावासाकी वुल्सको आयोजनामा गत वर्षदेखि सन्चालित भेट्रान्स गोल्ड कप जुलाई १७ तारिश हुने भएको छ । कावासाकी वुल्सको आयोजनामा गत वर्षदेखि सन्चालित भेट्रान्स गोल्ड कप जुलाई १७ तारिख आईतवार आईतबार कावासाकीमा हुने भएको हो ।

पुरस्कार राशीमा गत सिजन भन्दा केहि वृद्धि गरेको क्ल्वका अध्यक्ष मिथुन गुरुङले वताए । पहिलो संस्करण सभ्य र भव्य तवरले समापन भएकोले सोहि सफलतालाई उर्जाको रुपमा लिंदै दोस्रो संस्करणको तयारीमा जुटेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुल गुरुङले वताए ।

प्रतियोगिताको विजेता टिमले २३३,३३३ येन नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उप विजेता टिमले १२२,२२२ येन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पहिलो सिजनमा सहभागिता जनाई सहयोग गर्ने विभिन्न फुटवल क्लवहरु, आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुसँग हातेमालोको आपेक्ष आयोजकले गरेको छ ।