बुधबार, बैशाख १२, २०८१

स्थानीय तहलाई अधिकार दिनेगरि बजेट ल्याउन सुझाव

काठमाडौं,१३ चैत । सरकारले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट निर्माण गर्दा स्थानीय तहको अवधारणा अनुसार काम गर्न निर्देशन दिएको छ । स्थानीय विकास मन्त्रालयले आफ्ना मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो ।

सचिवस्तरको बैठकमा मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिँदै अबदेखि गाउँपालिका/नगरपालिकाको कार्यक्षेत्र भित्रको काम र जनशक्ति नयाँ संरचनाअनुसार स्थानीय तहमा पुग्ने गरी बजेट प्रस्ताव गरी पठाउन निर्देशन दिएको हो । यस्तै मन्त्रालयले दुई वा त्योभन्दा बढी स्थानीय तहमा सञ्चालन भइरहेका योजनाहरुको लागि बजेट निर्माणको काम सम्वन्धित प्रदेश वा केन्द्रबाट हुने गरी मिलाउन निर्देशन दिएको छ ।

सबै निकायहरुको पुनःसंरचना हुने हुँदा भएका संगठन फेरबदल हुने निश्चित भएकाले केन्द्रीय संरचनामा नयाँ कार्यक्रम थप नगर्न भनेको हो । मन्त्रालयले संघीय संरचनाको क्षमता र प्रणाली विकास गर्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न भनेको छ ।

यसैगरी स्थानीय तहका लागि नयाँ कार्यक्रम प्रस्ताव गर्दा कार्यक्रमको औचित्य, आवश्यकताका साथै त्यसको मोडालिटी समेत पेश गर्न भनेको छ ।