सोमबार, बैशाख ०७, २०८३

एमाले लिखु तामाकोशीले बैशाख २६ सम्म घरदैलो, २७ गते धोबीमा वृहत् आमसभा गर्दै

रामेछाप । नेकपा एमाले लिखु तामाकोशी गाउँपालिकाले सोमबारबाट स्थानीय निर्वाचनको घरदैलो तथा चुनावी सभाको कार्यक्रम सुरु गरेको छ ।

बैशाख १९ गते सोमबार वडा नम्बर १ बाट सुरु भएको चुनाव केन्द्रित अभियान २७ गते सकिनेछ । २६ गते पालिकाको वडा नम्बर ७ तिल्पुङमा कार्यक्रम सकेर २७ गते धोबीमा वृहत् आमसभा आयोजना गरिने एमाले लिखुतामाकोशी गाउँपालिका कमिटीले जनाएको छ ।

अहिले हरेक वडामा घरदैलो कार्यक्रम आयोजना भईरहेको । २७ गते वृहत् आमसभा सकेर नमूना मतपत्रमा मतदान गर्ने तरिका सिकाईने एमाले लिखु तामाकोशीले जनाएको छ ।

आज वडा नम्बर २ सैपुमा घरदैलो र सभा सकेको एमाले लिखु तामोकोशीले बैशाख २२ गते विजुलीकोटको कोटगाउँमा चुनावी सभाको आयोजना गर्दैछ ।