बिहिबार, असार ०४, २०८३

राजनीतिबाट निष्क्रिय रहेको वामदेव गौतमले लेखे नेकपा एसको चुनावी गीत

काठमाडौं । राष्ट्रिय राजनीतिबाट निष्क्रिय रहेको वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन् ।

गौतमले लेखेको चुनावी गीत एकीकृत समाजवादीले आफ्नो यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ । ‘जनता जगाउने कलममा छाप लगाउने’ शीर्षकमा गौतमले एकीकृत समाजवादीक लागि चुनावी गीत लेखेका छन् । उनको सचिवालयका अनुसार, एकीकृत समाजवादीका नेताहरुको आग्रहमा गौतमले गीत लेखेका हुन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतम कतैतिर पनि लागेको छैनन् ।

एकीकृत समाजवादीका निम्ति चुनावी गीत लेखेपनि पार्टीमा गएको रुपमा बुझ्न नहुने उनको सचिवालयले जनाएको छ ।