मङ्गलबार, असार ३०, २०८३

रामेछाप-काठमाडौं सम्पर्क मञ्चको बृहत बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं,१३ चैत । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले बृहत बनभोज नेकपा एमाले पार्टी सचिव पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
राजधानीको चोभारमा चैत्र १२ गते भएको बनभोज कार्यक्रममा रामेछापबाट राजधानीमा बसोबास गर्ने विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको सहभागीता भएको  एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको बद्री भण्डारीले रामेछापवासीलाई एकताबद्ध गर्ने उदेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको बताए ।

बजभोजको साथै मञ्चले सांस्कृति कार्यक्रम पनि आयोजना गरेको एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले जनाएके थियो । रामेछापबाट काठमाडौंमा बसोबास गर्नेहरुलाई एकताबद्ध गर्ने, जिल्लाको समग्रर राजनैतिक र विकासको बारेमा भूमिका खेल्न बनभोज कार्यक्रम आयोजना गरिएको जनाएको थिथयो । बनभोज कार्यक्रम नियमिति भएको बताउदै रामेछापका सामाजिक अगुवा, बुद्धिजीवि पेशा व्यासायी उद्योगी, विद्यार्थी उल्लेख्य नेता कार्यकर्ता शुभचिन्तक रामेछापालि गरि २ हजारको हाराहारीको उपस्थितीमा चोभार काठमाडौंमा सप्पन्न भएको हो । साथै नेपाली काङ्ग्रेस र माओबादीबाट ११५ जना भन्दा बढी एमाले पार्टी प्रवेश गरेका थिए ।

rp-ktm rp-ktm3 rpmmrp-ktm4

तस्विर : राकेश श्रेष्ठ