शुक्रबार, बैशाख १४, २०८१

जापानबाट अधिकारी मिस प्रिटिन इण्टरनेशनलमा छनोट, विश्व प्रतियोगितामा भाग लिन अमेरिकामा जादैँ

जापान । एक नेपाली किशोरीले सौन्दर्य प्रतियोगिता-२०२२ फेब्रुअरी ५ मा जापानमा भएको १०-१२ वर्ष उमेर समूहका बिचको प्रतिष्पर्धामा (Preteen pan Pacific Award winner ) प्रथम भइ अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ । जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा अधिकारी आफ्ना परिवार संगै बस्दैं आएकी छिन् ।

१२ वर्षीया युमेले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा टिन अन्तर्राष्ट्रिय – २०२२ सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवशर प्राप्त गरेकी हुन्। सो प्रतियोगिता ४० वर्ष देखि लगातार आयोजना हुँदै आएको बताईएको छ ।

उक्त प्रतियोगिता मिसेस इन्टरन्यासनल र मिसेस फ्याबुलस अन्तर्गतको एउटा ब्रान्ड भएको र यसले अन्तर्राष्ट्रियकरण एवम सामाजिक योगदानका गतिविधीका साथै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको युमेकी अभिभावक तथा मामा कुशल धिताल बताउँछन् ।

उक्त प्रतियोगिता अमेरिकामा आगामी जुलाई २७ तारिक आयोजना हुने बताइएको छ । आफुले स्कूलको पढाईसंगै यस प्रतियोगितामा तयारीको लागि समय दिएर मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउने अधिकारी आफ्नी आमाको प्रेरणा अनि ईष्टमित्रहरुको सहयोगले यहासम्म आईपुग्न सजिलो भएको बताउछिन् ।

आफ्नी छोरीको कारण नेपाल र नेपालीलाई नजिकबाट विश्वले चिन्ने अवशर पाएकोमा धेरै खुःसी छु , युमेकी आमा अन्जना धिताल (अधिकारी) ले बताईन । प्रतियोगितामा समावेश हुन जापानबाट अमेरिका जान साथै प्रतियोगितामा निकै प्रतिस्प्रधा हुने हुदाँ पूर्व तयारी तथा प्रशिक्षणका लागि ठूलो रकम खर्च हुने हुदाँ ईच्छुक महानुभाव हरुले यथासक्दो सहयोग गर्न सक्ने बताइएको छ।

तलको लिन्कमा गई किल्क र QR कोड बाट पनि फन्ड गर्न सकिन्छ। फन्ड गर्न मिल्ने डेट मे ८ तारिकसम्म हो ।

https://readyfor.jp/projects/adhikary-yume