सोमबार, बैशाख ०७, २०८३

स्थानीय निर्वाचन : मन्थली १२ का उम्मेद्वार खिलेन्द्र खत्रीको घर दैलो कार्यक्रम तीव्र

रामेछाप । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका १२ वडाका नेतृत्वको लागि उम्मेद्वार दिनु भएका खिलेन्द्र खत्रीले प्रचार तथा घर दैलो कार्यक्रमलाई तीव्र बनाएका छन ।

गत २०७४ को निर्वाचनमा वडाअध्यक्षमा पराजय भई गेलू निवासी साविकको गेलू ४ का खत्रीले यस पटक पनि मन्थली नगरपालिका १२ को मैदानमा नेपाली कांग्रेसबाट उत्रेका हुन ।

सरकारी जागिरबाट अबकास भएका खत्रीले गाउँमैं केहि गर्छु भनेर लागेका छन । गत निर्वाचनमा कांग्रेस र माओवादीको समीकरणबाट समेत निर्वाचनमा एमालेका कृष्णहरी अधिकारीसँग पराजय भएका थिए ।

एमालेको गड मानिने गेलूमा यस पटक पनि खत्रीले सरकारी तलब, सेवा सुविधा नलिने घोषणा गरि एमालेबाट सिक्रालका खुशहरी बुढ़ाथोकीसँग प्रतिस्पर्धा गर्दै छन ।

यसअघि खुशहरी बुढ़ाथोकीले पनि सरकारी तलब, सेवा सुविधा नलिने घोषणा गरिसकेका छन ।

यस्तो छ खिलेन्द्र खत्रीको घोषणातथा  प्रतिबद्ता

मनपा १२ मा रहनुहुने आदरणीय भगवानरुपी बा, आमा, दाजुभाइ तथा दिदिबहिनी हरुमा जय नेपाल !!!
गत स्थानीय निर्वाचनमा पराजय पश्चात मैले सबै मनपा १२ मा रहेर हरेक घर घरमा गएर सबैसँग दुखसुखमा रहेर काम गरें सकेको सहयोग गरें मेरो मुल्यांकन गर्नु भएको छ भन्ने पुर्ण रूपमा आस लिएको छु मैले ५ बर्ष गरेको कामहरु पनि सार्वजनिक गरेको छु केही छिट्फुट गल्ती भएमा क्षमायाचना व्यक्त गर्दछु र पुन: एकपटक मनपा १२ को नेतृत्वको लागि पुन: मनोनयन दर्ता पनि गरेको छु सबैले उच्च मुल्यांकन गरि नेपाली कांग्रेसको उम्मेदवार खिलेन्द्र बहादुर खत्रीको समुहलाई रुख चिन्हमा मतदान गरि सौहार्दपुर्ण बाताबरणका साथ अत्यधिक मतले बिजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु म आउँदै गर्दा मेरो नेतृत्वमा मनपा १२ गेलुमा निम्नानुसार प्रतिबद्धता व्यक्त गर्न चाहन्छु !!!
१. सरकारि सेवामा २० बर्षको लामो अनुभवलाई मनपा १२ गेलुमा शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, सडक, बिजुलि, उद्योग-धन्दा कलकारखाना, खनिज, कृषि, पर्यटन लगायत अन्य सम्भावित सम्भावनाको लागि सम्बन्धित बिज्ञ हरु बोलाई एउटा १ हप्ताको कार्यशाला गोष्ठी राखी स्थानीय जनप्रतिनिधि,शिक्षक, बौद्धिक ब्यक्तित्वहरु, सरोकारवाला निकायहरु, सामजिक संघसंस्था प्रतिनिधि हरु, टोल-टोलबाट स्थानीय प्रतिनिधित्व हरु सहितको उपस्थितिमा वडा भिजन तथा ५ बर्षे रणनीतिक योजना निर्माण गरि अघि बढ्नेछु !!!
रोजगार:- हाल नेपालमा बेरोजगारको बिकराल समस्या रहेको छ !!! हाम्रो पार्टी नेपाली कांग्रेसले यदि म न पा १२ को नेतृत्व प्राप्त गर्ने हो भने हामी प्रती घर कम्तीमा १ जनालाई रोजगार निर्माण गर्न सक्छौं ! यसको लागि हामिमै रहेका प्राकृतिक श्रोत, साधन प्रयोग गरेर रोजगार शृजना गर्न सक्छौं ! यसमा बिशेश त रोजगार शृजना गर्ने उद्योग धन्दा, कलकारखाना हो जुन हामिमा संभव छ !!!
कृषि
१. नगदे बालिलाई प्रोत्साहन गर्ने अनुकूल बाताबरण तय गर्ने(गोलभेडा, एलोभेरा, कुरिलो, फलफूल जन्य इत्यादि)
२. कृषि उपजको जिल्ला, प्रदेश लगायत केन्द्र सँग समन्वय गरि बजारीकरणको ग्यारेन्टी गर्ने
३. वडामा कोल्ड स्टोरको पहलकदमी लिई सकेसम्म निर्माण गर्ने
४. बिचौलिया प्रथाको अन्त्य गर्ने
५. व्यावसायिक पशुपालन ब्यबसाय मा सहजीकरण गर्ने ( खसी, कुखुरा, राँगा, भैंसी, गाई इत्यादि ) व्यावसायिक घाँस खेतिमा बिशेश जोड दिने
६. प्रत्येक टोलटोलमा संकलन भण्डार स्थापना गर्ने
७. दूध डेरि स्थापना गर्ने/ दूध बाट बन्ने परिकारको साना साना उद्योग निर्माणमा टेवा पुर्याउने
८. अर्गानिक खानेकुरा उत्पाद्नमा बिशेश प्राथमिकता दिने, निर्यातमा जोड दिई आर्थिक उपार्जनमा प्राथमिकता दिने
९. उत्कृष्ट किसान बार्षिक १० जनालाई पुरस्कारको ब्यबस्था गर्ने सकारात्मक उर्जा दिने
१०. वास्तविक किसान पहिचान गरि व्यावसायिक रूपमा काम गर्ने किसानहरुलाई आवश्यक हजारी, स्प्रीङ्कल, थोपा सिंचाई, प्लास्टिक टनेल, लगायत आवश्यक सामानहरु निशुल्क उपलब्ध गराउने ११. उत्पादित कृषि जन्य पशु जन्य बिक्रि बितरणको लागि बाताबरण तय नभएको अवस्थामा बाई प्रोडक्ट उत्पादन गरि बिक्रीवितरण गर्ने यसको लागि साना साना उद्योगहरु निर्माण गर्ने जसले किसानलाई सकारात्मक टेवा दिनेछ !!!
१२. कृषि जन्य पशु जन्य उत्पादनलाई १००% सफलता दिनको निमित्त प्रत्येक टोलमा घुमुवा कृषि तथा पशु बिज्ञको ब्यबस्था गरिदिने !!!
१३. घरेलु उद्योगहरुको स्थापना गरि मुलाको अचार, सिन्की, गुन्द्रुक, तितौरा, अचार लगायत अन्य उत्पादनमा सहयोग गरि आर्थिक उन्मुख तर्फ अघि बढाउने
१४. बहुउद्देश्यीय सहकारीको माध्यम बाट सबै स्थानीय जनसमुदाय सँग समन्वय गरि अघि बढ्ने जसले गर्दा माइक्रो फाइनान्स प्रबिधी ´जनता बाट, जनताको लागि जनता द्वारा` From the people, By the people, To the people काम गरिनेछ !!!
१५. स्थानीय माटो परिक्षण गरि कुन ठाउँमा के लगाउँदा उपयुक्त हुन्छ त्यो पहिचान गरि त्यसलाई सुहाउँ नगदे बाली ( केरा, अलैंची, जेट्रोफा, रुद्राक्ष, एभोकाडो, आँप, कटहर, लगायत कृषि बिज्ञको सल्लाह अनुसार स्थानीय सरकारको माध्यम बाट प्रत्येक घरमा अनिवार्य रूपमा केही न केही लगाउने गरि अभियान संचालन गर्ने !!!
१६. कृषि पशु बिमा सम्बन्धि कार्यक्रम ल्याउने, किसानलाई आवश्यक मलमा सहुलियत पुर्ण बाताबरण तय गर्ने, आवश्यक कृषि औजारमा सहयोग गरिनेछ !!!
भ्रष्टाचार मुक्त समाज निर्माण
मनपा १२ मा व्यापक रूपमा नितिगत तथा आर्थिक भ्रष्टाचारको पुर्ण रूपमा निर्मुल पार्नेछु म पनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्ने अन्य जो सुकै होस सबैलाई कानुनि कठघरामा उभ्याउने छु र यस भन्दा अघि निर्वाचित जनप्रतिनिधि बाट पनि भ्रष्टाचार भएको प्रमाणित भएमा जनतामाझ ल्याएर कानूनी उपचारमा लाग्नेछु जसले गर्दा भ्रष्टाचारमा शुन्यमा झार्ने जनतामाझ प्रण गर्दछु !!!
मेरो समुहको निर्वाचित भएपछी समाजमा आर्थिक उन्नतिलाई समृद्ध बनाई समाजमा भाइचाराको सम्बन्धमा सुदृढ ल्याई शान्ति सुरक्षा अमनचयन कायम गरि सबैलाई अनुशासनको दायरामा ल्याई समाजलाइ भड्काउने खालको उच्छृङ्खल गतिविधि गर्ने, मध्यपान, ब्यभिचार कुलत, कु-संस्कार लगायत बिकृतिहरुको न्यूनीकरण गरि सबैलाई यो मेरो समाज हो यसमा म अनुशाशित हुनुपर्छ यदि समाज बिरोधि गतिविधि शृजना भएमा नियामानुसार कारबाहीको भागिदार हुनेछु भन्ने आभास दिलाई सभ्य, समृद्ध समाज निर्माण गर्नेछु !!!
सडक बिस्तार, पिच
मनपा १२ मा अहिले भएका सडकलाई ब्यबस्थित बनाउनेछु र खिम्ती अम्बास जोड्ने पक्की पुल निर्माण गर्नेछु !!!

बिशेष त बुङ्दाल हुँदै डुम्रास घाट जाने बाटोको ट्रयाक खोल्ने,

रजाई, बुङ्दाल, लामपाखा,पन्थली, धुर्सिनीसडकको ट्र्याक खोली गाडी चलाउने,

वडा भित्रै रहेका सडकहरुको स्तरोन्नति गरि हिउँद बर्षामा गाडी चलाउने,

सिक्राल बतासेको ट्रायक खोली गाडी चलाउने,

जहाँ जहाँ आवश्यक सडक छ त्याँहा आवश्यकता लाई मध्यनजर गरि सडक बिस्तार गरिनेछ सकेसम्म सबैको घरमा सडक पुर्याउने नभए प्रत्येक टोलटोलमा सडक प्रतिबद्धता व्यक्त गर्दछु सँगसँगै सडक पिचको कामलाई तदारुकताको साथ अगाडि बढाउनेछु र रातिको समयमा गाडी दुर्घटना लगायत अन्य तवरबाट सुरक्षित हुनको निमित्त सडकको छेउ छेउमा सोलार बत्ती जडान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु !!!
खानेपानी, शौचालय, सिँचाइ
मनपा १२ सुख्खा ग्रस्त वडामा पर्छ यहाँ खानेपानी, सिँचाइको व्यापक समस्यालाई मध्यनजर गर्दै भएका मुहान हरुको संरक्षण गरि सबै घरधुरीमा खानेपानीको ब्यबस्था गर्नेछु हाल अलपत्र परेको तामाकोसी लिफ्ट परियोजनालाई पुर्ण रूपमा कार्यान्वयनमा ल्याई प्रत्येक घरमा खानेपानी धारोको ब्यबस्था गर्नेछु !!! प्रदेश, केन्द्र सँग समन्वय गरि मनपा १२ मा आवश्यक सिँचाइ परियोजना ल्याई कृषि क्षेत्रलाई व्यापक छलाङ मार्ने गरि सिँचाइ को ब्यबस्था गर्नेछु साथै यस वडामा जसको घरमा शौचालय छैन त्यो घरमा अनिवार्य रूपमा शौचालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु !!!
शिक्षा,
मनपा १२ मा गुणस्तरीय शिक्षाको लागि कुनै कसर बाँकी राख्ने छैन नियमित विद्यार्थीलाई पठन पाठनमा जोड दिनेछु विद्यालयमा बसेर राजनीति गर्ने शिक्षकलाई कडा भन्दा कडा कारबाही गर्नेछु इमानदार गुणस्तरीय शिक्षा दिन सक्ने शिक्षक नियुक्ति गरि शिक्षा क्षेत्रमा धेरै ठुलो फड्को मारी आउने बालबच्चाको भविष्य माथी खेलवाड गर्न दिइने छैन !!! शिक्षा क्षेत्रको बिकास र ब्यबस्थापनमा नवीन योजना निर्माण गर्ने, प्राविधिक शिक्षालयको ब्यबस्थापन गर्ने र यसलाई ब्यबस्थित गर्दै लैजाने, कम्प्युटर शिक्षा प्रणालीमा जोड दिने, शैक्षिक बर्षमा वडा भरिका विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्रीहरु पेन, पेन्सिल, कापी, झोला, पोशाक उपलब्ध गराउने, जेहेन्दार, फरक क्षमता भएका, बिपन्न अभिभावक गुमाएका विद्यार्थी हरुका लागि कक्षा १२ सम्म निशुल्क अध्ययनको ब्यबस्थापन गर्नेछु !!!
स्वास्थ्य
यसैगरी स्वास्थ्यको क्षेत्रमा मनपा १२ मा १५ शैयाको अस्पताल खोल्नको निमित्त प्रदेश, केन्द्र सँग समन्वय गरि अघि बढ्नेछु र स्वास्थ्य सचेतना, नियमित रूपमा ६/६ महिनामा स्वास्थ्य शिविर, सबै नागरिकको स्वास्थ्य प्रती संबेदनसिल भै अत्यावश्यक स्वास्थ्य नीति अवलम्बन गरि अघि बढ्नेछु २४ सै घण्टा एम्बुलेन्स सेवा सहुलियतपूर्ण सेवा सुबिधा दिनेछु !!! महिला स्वयंसेविकाहरुलाई हाल खाइ पाई आएका सेवा सुबिधामा महिनाको १०००/- को दरले थप सुबिधा उपलब्ध गराउने, अति बिपन्न ब्यक्तिहरुको लागि कुनै पनि प्राणघातक रोग लागेर उपचार गर्नुपर्ने अवस्थामा रु ५०,०००/- उपलब्ध गराउने, ७५ बर्ष भन्दा माथिका हरेक वडा बासिलाई सुगर प्रेसरको औषधि निशुल्क ब्यबस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।।।
सभ्य र सुसंस्कृत समाज निर्माण
अहिले विश्व प्रबिधिमा अघि बढेको छ यसैलाई मध्यनजर गरि हरेक टोल टोलामा वाईफाईको ब्यबस्था गर्नेछु प्रबिधी प्रयोग गरि वडामा हरेक कार्यमा डिजिटलको माध्यम बाट काम गर्नेछु यसको लागि सबै नागरिकलाई सचेतना जगाई अघि बढ्नेछु !!! वडामा बन्ने विभिन्न समिती हरुमा सबैको सहभागिता र अपनत्व हुने गरि न्याय पुर्ण तरिका बाट समितिहरु निर्माण गर्ने, स्थानीय जनप्रतिनिधि हरु लाई कुनै पनि प्रकारको स्थानीय बिकास निर्माण कार्यको ठेक्का पट्टा दिइने छैन यसलाई प्रबिधिमैत्री तरिकाले समाधान गरिनेछ !!! स्थानीय स्तरमा स्थानीय मान्छेले गर्न सक्ने काममा डोजर हरु प्रयोग स्थानीय तवरबाट काम गरि रोजगार शृजना गर्नेछु !! प्रकृति दोहन कार्य पुर्ण रूपमा निषेध गर्नेछु !!! विभिन्न कारणले छाँयामा परेका वा प्रतिभा भएर पनि उचित अवसर नपाएर पछाडी परेका गित, संगित, कला, साहित्य, खेलकुद लगायतका क्षेत्रमा अघि बढाउनको निमित्त महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछु !!! मठ मन्दिर, धारो, पधेरो, पाटी पौवा, चौतारो, खोला नदिनाला, आदिको निर्माण साथै संरक्षणमा विशेष ध्यान दिने, धर्म रितिरिवाज, कला संस्कृति भेला पर्व आदिलाई संरक्षण गर्ने प्रतिबद्धता गर्दछु !!!
असल र बिकासप्रेमी नेतृत्वलाई रोजौं, बिबेक नगुमाऔं, म बनाउँछु मेरो वडा मेरो जिम्मेवारी हो, वडा बनाउँ हाम्रोलाई भन्दा राम्रो ब्यक्तिलाई चुनौं बिकास र समृद्धिमा पार्टी नहेरौं अन्धभक्त पार्टी कार्यकर्ता हैन जागरुक नागरिक बनौं मेरो जन्म भुमिको बिकास सँगै सबैको जय होस !

खिलेन्द्र खत्री
वडा अध्यक्ष पदका उमेद्वार
मन्थली नगरपालिका १२ गेलू