शुक्रबार, चैत १६, २०८०

सरकारलाई कर नतिर्ने एनसेल प्रयोग नगर्न अनेरास्ववियुको आग्रह

काठमाडौँ,१२ चैत । अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ ।

अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा आज बसेको स्थायी कमिटी बैठकले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर सबै नबुझाएसम्म प्रयोग नगर्न आग्रह गरिएको सचिव आरसी लामिछानेले जानकारी गराउनुभयो ।
लामिछानेका अनुसार बैठकले आइतबार अर्थमन्त्री र लेखा समितिका सभापतिलाई कर तिराउँदा दबाब दिनका लागि ज्ञापनपत्र बुझाउने र सोमबार देशभरि विरोध सभा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले समयमै विद्यालयस्तरको पाठ्यपुस्तक विद्यार्थीका हातमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ ।