बुधबार, बैशाख १२, २०८१

प्यूठानमा जीप दुर्घटना हुँदा ६ को मृत्यु तीन घाइते

प्यूठान,११ चैत । काठमाडौंबाट स्वर्गद्वारी दर्शन  गर्न गएको तिर्थालु बोकेको जिप प्यूठानको रुमालेमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु र अरु तीन घाइते भएका छन् ।

शुक्रबार बिहान काठमाडौंबाट स्वर्गद्वारी दर्शन गर्न गएका तीर्थयात्री चढेको वा१ च १५६१ नम्बरको स्करपियो रुमालेमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । सो जीपघाइतेमा चालक, अरु दुई रहेको असई तिलक भट्टले जानकारी दिनु भयो । घाइतेको प्राथमिक स्वाथ्य केन्द्रमा उपचार भइरहेको छ ।