काठमाडौं,११ चैत । सर्लाहीबाट नेकपा(एमाले)का तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा आज निधन भएको छ ।
यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा परेकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहेकी उनलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए।
उनको पार्थिव शरीरलाई भोलि चैत ११ गते बिहान ८ देखि १० बजेसम्म नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आएकी थिइन्। उनका पति, दुई छोरा र दुई छोरी छन् ।