मङ्गलबार, असोज ०९, २०८०

नेपाल र जिम्बाबे ‘ए’बीच हुने क्रिकेटको प्रशारण अधिकार लेभिन स्पोर्टसलाई

काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’बीच कीर्तिपुरमा हुने क्रिकेटको ‘कमर्सियल एण्ड ब्राण्डिङ राइट्स लेभिन स्पोर्टसले पाएको छ ।

नेपाल क्रिकेट संघ क्यान र लेभिन स्पोर्टसबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नेपाल र जिम्बाबे ‘ए’बीच हुने एक दिवसीय र टी–२० सिरिजको कमर्सियल, टिकेटिङ र नेपाल तथा विदेशमा हुने ब्रोडकास्टिङको अधिकार लेभिन स्पोर्टससँग रहने छ ।

अप्रिल ३० देखि सुरु हुने शृंखलामा नेपाल र जिम्बाबे ‘ए’बीच ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेट हुने छ ।