काठमाडौं । गायिका मेलिना राईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । प्रेमी सञ्जिब बराइलीसँगको तस्वीर पहिलोपटक फेसबुकमा पोष्ट गरेकी हुन् ।
मेलिना र सञ्जिव पाँच वर्षदेखि गुपचुप प्रेममा थिए । सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । उनको घर बिर्तामोडमा हो भने हाल काठमाडौंकै वासिन्दा हुन् ।
मेलिनाले आफूहरु चाँडै बिहेको तयारीमा रहेको जानकारी दिइन्, ‘डेट फाइनल भएको छैन, तर यसै वर्ष विवाह हुन्छ,’ उनले भनिन् । हिजो नयाँ वर्षको अवसर पारेर तस्बिर सार्वजनिक गर्ने योजना भए पनि आफू बाहिर भएकाले एक दिन ढिला भएको मेलिनाले बताइन् ।
मेलिना नेपालकी सफल र चर्चित गायिकामा पर्छिन् ।

