शनिबार, बैशाख ०८, २०८१

चार बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ । नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी/उद्योगीबीच चार बुँदे सहमति भएको छ । शनिबार साँझ भएको वार्तामा चार बुँदे सहमति भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।