बिहिबार, असोज २४, २०८१

साना दलको विरोधकोविच एक सिट र ३ प्रतिशत मत ल्याए मात्र राष्ट्रिय पार्टी बन्ने गरि विधेयक पास गर्ने तयारी

काठमाडौं,९ चैत । राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ ।

अब समानुपातिक सांसद पाउन कुनै पनि दलले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत पाउनुपर्छ । तर, त्यतिले मात्र राष्ट्रिय पार्टी हुने छैन ।

थ्रेस होल्ड पार गर्नुका साथै प्रत्यक्षतर्फ कम्तिमा एक सिट प्रत्यक्ष सांसद पनि जित्नुपर्ने व्यवस्था गरिएको उपसमितिका सदस्य एमाले सांसद रामेश्वर फुयालले जानकारी दिए ।

यदि कुनै दलले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड पास गर्ने गरी मत ल्यायो । तर, प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुँदैन ।

कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले गरेको यो निर्णयमा उपसमितिका दुई सदस्यले असहमति जनाएका छन् । थ्रेसहोल्डको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका हुन् ।