सोमबार, भदौ २४, २०८१

चन्दको बढुवा सर्बोच्चद्धारा बदर,उत्कृष्टलाई बनाउन परमादेश

काठमाडौं,९ चैत । सर्बोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय बदर गर्दै उपयुक्त ब्यक्तिलाई आइजीपी बनाउन निर्देशन दिएको आजको पत्रपत्रिकामा खवर छ ।

प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन अदालतले निर्देशन दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर भएको फैसला सुनाएको हो ।

सर्बोच्चले कार्यसम्पादन मुल्यांकनका आधार नै नियमावलीमा ब्यवस्था भएपछि त्यसलाई बेवास्ता गरी निर्णय गर्नु स्वेच्छाचारिता भएको जनाउँदै मुल्यांकनमा उत्कृष्ट ठहरिएकालाई नै प्रहरी प्रमुख बनाउन परमादेश जारी गरेको छ । यसको अर्थ अव नवराज सिलवाललाई आइजीपी हुनबाट कसैले रोक्न सक्दैन ।

सर्वोच्चको बृहत् पूर्ण इजलासले गरेको फैसलामा भनिएको छ, डिआइजी भएको ु२०६९ देखि २०७३ सम्मको चार वर्षको कार्य सम्पादन मूल्याङ्कनमा कूल ‍औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द भएको देखियो।