शुक्रबार, चैत १६, २०८०

शहीद गौतमका परिवारलाई माओवादी केन्द्रले ६ लाख राहत

कञ्चनपुर,९ चैत । कञ्चनपुरको आन्नद वजार स्थित नेपाली भुमीमा वनाइएको कल्भर्टको विवादमा सहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको मंगलबार तेह्रौ पुण्यतिथीको अवसरमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता लगायत स्थानियहरुले विभिन्न ठाउँमा श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।

देशको सीमा रक्षार्थ भारतीय एसएसबीले हानेको गोली लागी मृत्यु भएका शहीद गोविन्द गौतमको फोटोमा माल्र्यापण गर्दै कृषिमन्त्री गौरीशंकर चौधरीले देशको सीमा रक्षार्थ ज्यान गुमाएका शहीद गौतमको परिवार लगायत उनका वालवच्चाको शिक्षा दिक्षाको समेत सरकारले ग्यारेन्टी गरीसकेको बताउँदै सरकारले घोषणा गरेका सम्पुर्ण सुविधाहरु चाँडै नै सहिद परिवारलाई दिइने बताए ।

माओवादी केन्द्रका नेतासमेत रहेका कृषिमन्त्री चौधरीले माओवादी केन्ऽको तर्फबाट शहीद परिवारका लागि तत्काल ६ लाख रुपैयाँ राहत उपलब्ध गराउने जानकारी दिए ।