सोमबार, असोज २१, २०८१

स्वर्गिय कोइरालाको स्मृतिमा जापानमा अन्तर्क्रिया सम्पन्न

टोकियो,८ चैत । नेपाली राजनितिकका नायक भनेर चिनिने नेपाली काँग्रेसका पुर्ब सभापति एवं पुर्ब प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ७ औ स्मृति दिवस जापानमा पनि मनाएको छ ।

सोमवार टोकियोमा नेपाली जनसम्पर्क समिति जापानले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।
जापानमा रहेका काँग्रसी तथा विभिन्न संघसंस्थाको सहभागितामा नेपाली जनसम्पर्क समिति जापानले स्व कोईरालाको स्‍मृति सभा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभासद मोखतर अहमद र नेपाली काँग्रेसकी अर्का सभासद् सरवत आरा ,एनआरएनए सचिव बुद्धिराज घिमिरे, प्रवासी नेपाली मंचका उपाध्यक्ष सिर्दाथ श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष तिलक मल्ल ,नेपाली जनप्रगतिशिल मञ्चका उपमहासचिव वावुराम पौडेल, नेपाली जनसम्पर्क समिति जापानका नेताहरु महेश श्रेष्ठ,चिरञ्जिवि थापा, गणेश नेपाल, भुपगोपाल श्रेष्ठ लगाएत नेताहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली काँग्रेसका सभासद मोखतर अहमदले नेपाली राजनीतिकका नायकको रुपमा गिरिजालाई स्मरण गर्न सकिने बताउदै सबै राजनितिक दलहरु एक भए स्थानीय चुनाव गर्न सकिने बताउनु भयो । एक प्रसंगमा उहाँले एमालेले मेचिमहाकाली अभियान चलाएर गल्ती गरेको आरोप लगाउनु भयो ।

एमाले समर्थित प्रवासी नेपाली मञचका उपाध्यक्ष् सिर्दाथ श्रेष्ठले त्यो वेला स्वर्गिय गिरीजालाई राष्ट्रपति बनाउन माओबादीले नस्विकार्दा देश बन्दी भयो माओबादी ठुलो दल भएर आयो एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई मतदान गरेको र दोश्रो ठुलो दल काग्रेसलाई राष्ट्रपतिमा मतदान गरौं भन्दा माओबादीले जनमतको कदर गर्न नसक्नाले देशलाई कमजोर पार्ने काम भयो साथै सिमानामा नेपालीलाई गोलि लाग्दा सरकारले स्पष्ट कुरा राख्न नसकेको आरोप लगाउदै संबिधान संसोधन भारतको ईसारामा पेस गरेको बताउनु भयो ।
जापानस्थित माओबादी समर्थित नेपाली जनप्रगतिशिल मञ्चका उपमहासचिव वावुराम पौडेलले लोड सेटीङग मुक्त गरेर प्रचण्ड सरकारले जनतालाई गुन गरेको बताउदै सबै एक् भएर मुलुक बनाए के असम्भव हुदो रहिन्छ भन्नेमा जोड दिनुभएको थियो । janasamparkjana