शनिबार, असोज ०८, २०७९

म्यानचेस्टर डर्बीमा सिटीको शानदार जीत

इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले म्यानचेस्टर डर्बीमा शानदार जीत निकालेको छ । गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जीत दिलाउन केभिन डी ब्रुयन र रियाद माह्रेजले दुईरदुई गोल गरे । पहिलो हाफको पाँचौ मिनेटमै बर्नार्डो सिल्भाको पासमा ब्रुयनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा पावल पोग्वाको पासमा सन्चोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

२८ औं मिनेटमा डी ब्रुयनले व्यक्तिगत गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाए । ६८ औं मिनेटमा डी ब्रुयनको क्रसमा माह्रेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

यस्तै इन्जुरी समयको पहिलो मिनेटमा गुन्डोगानको पासमा माह्रेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ गोलको शानदार जीत दिलाए ।

जीतसँगै सिटी २८ खेलबाट २९ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ भने पराजित युनाइटेड समान खेलबाट ४७ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ ।

%d bloggers like this: