शुक्रबार, बैशाख ०७, २०८१

स्थानीय चुनाव घोषित मितिमैं गर्न प्रमुख राजनिति दलको प्रतिवद्ध

काठमाडौं,८ चैत । सरकारले स्थानीय तहको चुनाव घोषित गरेर पनि हुन्छ वा हुदैन दुविधामा भएको बेला घोषित मिति वैशाख ३१ मै  चुनाव गर्न प्रमुख चार दलले प्रतिवद्ध भएका छन् ।

सोमबार साँझ भएको सहमति अनुसार नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपा शीर्ष नेताहरुबीच मधेसी मोर्चालाई समेत रुजाएर चुनाव गर्ने सहमति भएको छ ।

छलफलमा वैशाख ३१ को चुनाव मिलेर सम्पन्न गर्ने र निर्वाचन गरे वापत उत्पन्न हुने समस्याको पनि मिलेर नै समना गर्ने समझदारी भएको छ ।

साथै मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्दै चुनावमा ल्याउन पहल गर्ने चार दलबीच समझदारी भएको छ ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव कुनै हालतमा हुने भन्दै शंका नगर्न आग्रह गरेका छन् । सिंगो देश चुनावको समर्थनमा रहेका र तराई मधेसका जनता पनि चुनावको पक्षमा रहेका आफ्नो बुझाइ रहेको सुनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, निर्वाचन गर्नैपर्छ र म निर्वाचन गर्छु । मैले मधेसी मोर्चा र गठवन्धनका नेताहरुलाई पनि यहि कुरा भनेको छु ।