बुधबार, असोज ०२, २०८१

निर्वाचन आयोगको निर्णय सच्याउन ओनो जापानको माग

टोकियो,८ चैत । राप्रपाको प्रवासी भातृ संगठन प्रवासी नेपाली संगठन (ओनो) जापान राष्ट्रिय समितिले निर्वाचन आयोगको हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय सच्याउन माग गरेको छ ।
सोमवार एक विज्ञप्ति प्रकाशन गरी आपत्ति जनाएको हो साथै निर्वाचन आयोगको निर्णय विरुद्ध भएको आयोगको कार्यालय घेराउ गर्न जाने कार्यक्रममा शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपप्रति पनि खेद ब्यक्त गरेको छ । सोमवार काठमाडौंको प्रर्दशनमा दर्जनौ राप्रपाको नेता कार्यकर्ताहरु घाइते भएका थिए । घाईते सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपप्रति आपत्ती जनाएको छ ।
साथै ओनो जापानले बेलैमा निर्वाचन आयोगले गल्ति सच्याउन अपिल गर्दै निर्णय नसचिय राप्रपाको भातृ संगठनको रुपमा सक्रिय ओनो जापान लगाएत विदेशमा रहेका राप्रपा समर्थितहरुले जस्तो सुकै सहयोग र उक्त आन्दोलनमा सपोर्ट गर्न तयार रहेको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिको पुर्णपाठ  

ono bzpti