शुक्रबार, बैशाख ०७, २०८१

आँखी झ्याल फोडि पहारीहरुको कुल मन्दिरमा चोरी

पोखरा,७ चैत । पोखरा लेखनाथ महानगरपालिक बडा नं १८ सेदी डाडामा अवस्थित पहारीहरुको कुल मन्दिरमा चोरी भएको छ ।

सेदी डाडामा रहेको पहारीहरुको कुल देवता तारकेश्वरी देवीको मन्दिरको आँखी झ्याल फोडेर चोरहरुले सोमबार विहान करिब २.३० बजेको को समयमा मन्दिरमा चोरी भएको पहारी कुल संरक्षण समिति पोखरा ६ बैदाम निबासी सचिब जगत बहादुर पहारीले जानकारी दिएका छन ।

देविको मन्दिरमा रहेको दानबक्सको ताला फोडेर चोरहरुले करिब १० देखी १२ हजार रुपैया रहेको बक्सको सवै दान रकम चोरी भएको उनले जानकारी दिएका छन ।

देवी मन्दिरको साथमा रहेको गोदाम घरमा समेत ताला ताडन लागेको बेलामा चौकीदारले थाहा पाइ हल्ला खल्ला गरेपछि चोर भागेको र उक्त चोरी कार्यमा को संगलन चोरहरुको अनुसन्धान भईरहेको बडा प्रहरी कार्यालय बैदामले जानकारी  दिएको छ ।