काठमाडौं,६ चैत । अमेरिकी सेना प्रमुख प्रमुख हृयारी बिन्क्ले हृयारिस आज नेपाल आउँदै छन् । तीन दिने नेपाल भ्रमणमा आउन लागेका हृयारिस प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्नेछन् । भेटमा नेपाल र अमेरिकाबीच सैन्य सहकार्य र सहयोगबारे छलफल हुने बताइएको छ ।
अमेरिकी सेना प्रमुख हृयारी नेपाली सेनाले पाँच खालमा सोमबारदेखि पाँचखालमा आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुने बताइएको छ । संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २७ देशले सहभगिता जनाउने छन् ।
अमेरिकी सेना र नेपाली सेनाबीच बेलाबेलामा सैन्य अभ्यास हुने गरेको छ । हृयारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन् ।