बिहिबार, बैशाख ०६, २०८१

एक करोड ६० लाख मतपत्र आजदेखि छापिँदै

काठमाडौं,६ चैत । स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छापिँदैछ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आजदेखि मतमत्र छपाइ सुरु गर्न लागेको हो ।

निर्वाचन आयोगका पदाधिकारीहरुले शनिबार नमूना मतपत्रको अवलोकन गरेपछि आइतबारदेखि औपचारिक रुपमा नै मतपत्र छाप्ने काम सुरु हुन लागेको हो । आज साँझबाट मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । मतपत्र छपाइको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।

मतपत्र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा छापिनेछ ।

आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ छाप्न लागेको हो ।

मतपत्र छापिसक्न ४० देखि ४२ दिन लाग्ने अनुमान गरिएको छ ।