शुक्रबार, चैत १६, २०८०

एमालेले दियो सहिद गौतम परिवारलाई पाँच लाखको चेक र ल्यापटप


कञ्चनपुर, ५ चैत । नेकपा एमालेले सहिद गोविन्द गौतमलाई दीने भनेर घोषणा गरेको सहयोग एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सहिद गौतम परिवारलाई घरमै पुगेर पाँच लाख रुपैयाँको चेक र एक ल्यापटप हस्तान्तरण गरेका छन् ।

शनिवार उनले गौतमका बुवा–आमा र श्रीमतीलाई घेटेरै चेक र ल्यापटप दिएका हुन् ।

पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा सहित सहिद परिवारलाई भेट्न पुगेका नेता रावलले गौतमको हत्याको विषयलाई लिएर भारतलाई माफी माग्न लगाउने र क्षतिपूर्तिका लागि पहल गर्ने बताए । यदि भारतले माफी नमागे र क्षतिपूर्ति नदिए एमाले चुप लागेर नबस्ने समेत रावलले बताए ।