सोमबार, चैत ०३, २०८१

रामेछापको मन्थलीमा ६० लाखको दमकल

रामेछाप,चैत ४ । रामेछाप जिल्लाम पनि आगो निभाउनका लागि प्रयोग हुने दमकल भित्रिएको छ । रामेछापको मन्थली नगरपालिकाले जिल्लामै पहिलो पटक दमकल ल्याएको हो । बजार क्षेत्रमा रहेको बस्ती र घरहरुमा आगलागीबाट हुन सक्ने धनजनको क्षतीलाई मध्यनजर गदै नगरपालिकाले ६० लाखको टेण्डरमा दमकल ल्याएको मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले बताए । दमलकललाई बिहिबार सदरमुकाम मन्थलीको देवकोटाचोकमा परिक्षण गरिएको छ ।
जिल्ला स्थित सुरक्षा निकायको निगरानीमा गरिएको दमकल परिक्षण हेर्नका लागि नागरिकहरुको भिड लागेको थियो । परिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक कुमोद ढुंगेल, मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको सहभागिता रहेको थियो । दमकलको परिक्षण रामेछापका प्रहरी प्रमुख ढुंगेलले पानिको फोहोर हानेर गरेका थिए ।
जिल्लामा विभिन्न समयमा आगलागीको घटना हुँदा आगो नियनत्रणका लागि भरपर्दो माध्यम केहि नभएको अवस्थामा जिल्लामा दमकल भित्रिदा नागरिकहरुमा खुशि छाएको छ । उनीहरुले स्रोत र साधनहरु हुदाँ हुँदै पनि नागरिकलाई समस्या पर्दा समयमै प्रयोग गर्न नपाउने परिपाटिलाई भने मन्थली नगरपालिकाले तोड्नु पर्ने बताए ।

 

दमकल आयो तर परिक्षणमै फेल

रामेछाप जिल्ला मन्थली नगरपालिका कार्यलयको बोलपत्र आह्वानमा खरिद दमकल चैत ३ मा आयात भए पनि डेमोस्टेसनमा भने फेल भएको छ । मन्थली नगरपालिका सदरमुकाममा पर्ने  सो दमकल तोकिएको इस्फेइफिकेसन अर्थात मापदण्ड विपरीत भएको छ । पानि फाइरिङ,इन्जिन हिट,तोकिएको समयमा पानी नभरिने,समयमै पानी फाइरिङ नहुने समस्या हिजोको डेमोस्टेसनमा देखियो । नेकपा एमाले पाटी प्रतिनिधि दिनेश सुवेदीका भनाइ अनुसार अहिलेसम्म नगरपालिकाको कार्यलयले भने जिम्मेवारी लिएको छैन भने पुन परिक्षण गरौ भन्दा केही समस्य आएको भन्दै परिक्षण गर्ने समेत नमानेको सुवेदीले वताए ।