जापान,४ चैत । नेकपा एमालेका केन्द्रिय सचिव तथा पूर्व पर्यटनमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेको दुई तिहाई जितलाई कसैले छेक्न नसक्ने दावि गर्नु भएको छ ।
जापानको भ्रमनमा रहनु भएका नेता गुरुङले जनताले एमालेको गतिविधिमा राष्ट्रियता झल्केको महशुस गरिसकेका छन् त्यसैले अवको जस्तो सुकै निर्वाचनमा पनि एमालेको बहुमत आउने उहाँको भनाई थियो ।
प्रवासी नेपाली मंच क्युस्यु जापानले विहिवार आयोजना गरेको स्थानीय तहको निवार्चनमा प्रवासी नेपाली को भूमिका विषयक अन्तरक्रियामा बोल्दै सो कुरा बताउनु भएको हो ।
एमालेको संगठन विभाग प्रमुख समेत रहेका गुरुङले अवको निर्वाचनमा विदेशमा बस्ने नेपालीले समेत आफनो मत हाल्ने अधिकार पाउनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रमा प्रवासी नेपाली मन्च जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले राम्रो काम एमालेबाटै भएकाले जनताको भरोसा मनोबल उच्च राख्न एमालेसधै तयार रहनु पर्नेमा जोड दिदै प्रवासवाट एमालेको अभियानलाई सक्दो सहयोग गर्ने बताउनु भयो ।
एमाले केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख साथै पूर्व पर्यटन मंत्री गुरूङ ,उहाकी धर्मपत्नी ,प्रवासी नेपाली मंच राष्ट्रीय कमिटीका उपाध्यक्ष सिध्दार्थ श्रेष्ठ ,ओएनएफ कान्तो कमिटीका नवनिर्वाचित अध्यक्ष सुजन पन्त सहितको एक टोली फुकुओकाबाट भेट्घाट तथा अनौपचारिक कार्यक्रममा सहभागी हुन टोयोटा सिटी आई पुगेको थियो ।
पूर्व पर्यटनमन्त्री गुरूङलाई प्रबासी नेपाली मंच जापान (ओएनएफ) राष्ट्रीय कमिटीका उपाध्यक्ष बलराम भुषाल , सद्स्य राजेन्द्र थापा ,अर्थ बिभाग उप(प्रमुख जयराम पौडेल ,चुबु क्षेत्रीय कमिटीका अध्यक्ष असोक चन्द्र अधिकारि,कोषाध्क्ष अर्जुन थापा र अनु सुबेदी पौडेलले खादा लगाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रमा प्रवासी नेपाली मंच क्युस्युका अध्यक्ष भद्र अधिकारीको सभापतित्वमा , सचिव पुरुषोत्तम सिग्देलले संचालन गरि सम्पन्न भएको थियो ।
तस्विर :- सिद्धार्थ श्रेष्ठ