शुक्रबार, बैशाख ०७, २०८१

रामेछाप काँग्रेस नेता पुर्वसहायकमन्त्री रामहरि ढुंगेलको मुत्यु

 काठमाडौं,३ चैत । नेपाली कांग्रेस रामेछापको खम्वा सकृय नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको असमयिक मृत्यु भएको छ ।  बुधबारराति काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ । आफनै रुमको बेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको थियो ।
अविवाहित ढुंगेल एक्लै बस्दै आएका थिए । राति केहि असजिलो भएपछि ढुंगेल हिमाल अस्पताल पुगेका थिए । अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि उनी कोठामा पुगेर सुतेका थिए । अहिले ढुंगेलको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको जनाइएको छ ।
पञ्चायत व्यवस्थाविरुद्ध कांग्रेसले चलाएको आन्दोलन,विद्यार्थी संघ, त्रिचन्द्र तथा विश्वभाषाका पुर्व स्ववियु सभापति ,कांग्रेस रामेछापको सदस्य, सचिव, सभापतिहुँदै विभिन्न तहमा बसेर नी चार दशकभन्दा बढी क्रियाशील ढुंगेल रामेछाप मात्र नभएर कांग्रस भित्र पनि चर्चित थिए । २०५६ सालमा रामेछापेको क्षेत्र नम्बर दुईबाट सांसदमा निर्वाचित ढुंगेल केही महिना कृषि सहायकमन्त्री समेत बनेका थिए । तत्कालको पकरवास गाविसका जन्मेका ढुंगेलको निधनले रामेछाप कांग्रेसमा ठूलो क्षति पुगेको कांग्रेस रामेछापले जनाएको छ ।