शनिबार, बैशाख ०८, २०८१

एसईई परीक्षामा पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागि

  काठमाडौं,३ चैत । आजदेखि देशभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । एसएलसीको विकल्पको रुपमा ल्याइएको कक्षा १० को एसईई एसएलसीकै शैलीमा सञ्चालन हुने बताइएको छ ।

एसईईमा देशभरिका पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थीले सहभागिता जनाउँदैछन् । परीक्षार्थीहरुका लागि ६७ हजार पाँच सय ९१ जना जनशक्ति परिचालित गरिएको छ भने एक हजार ९ सय २३ वटा केन्द्र तोकिएका छन् । सबै केन्द्रहरुमा सोही संख्या बमोजिम केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, ११ हजार सात सय १६ सहयोगी र २८ हजार आठ सय ४५ सुरक्षाकर्मी परिचालित गरिएको छ

शिक्षा ऐनमा आठौं संशोधन भएपछि गठन भएको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्ने व्यवस्था थियो । तर, यो वर्ष भने बोर्डले नभई परीक्षा नियन्त्रण कार्यालयले नै एसईईको परीक्षाको व्यवस्थापन गरेको छ ।