काठमाडौं । नयाँ लोक दोहोरी गीत “लाल पछ्यौरी” सार्वजनिक भएको छ। परदेशमा रहेर पनि नेपाली लोकगीत संगीतलाई अत्यन्तै माया गर्ने, कुशल सर्जक एवं गायक रामचन्द्र गिरीको शब्द रहेको मार्मिक गीत “लाल पछ्यौरी” आर.सी म्युजिकको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
लामो समयदेखि परवासमा रहेर गीत संगीतमा सक्रिय रहेका गिरीले आँफुले देखेका भोगेका सुख दुखका कथालाई जस्ताको त्यस्तै गीतमा उतार्ने गरेका छन् । परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका गिरीले थप नयाँ गीतहरु पनि बजारमा आउने क्रममा रहेको बताएका छन्।
कृष्ण ठकुरी र रामचन्द्र गिरीको शब्द रहेको उक्त गीतमा मोहन केसी, रति खड्का, प्रभुराज पान्डे,रिया खड्काको स्वर रहेको छ । बिशाल बैरागीको निर्देशनमा रहेको गीतमा संगीत धुर्ब धितालको रहेको छ ।
छायाङ्कन बिरेन्द्र परीयारले गरेको गीतमा अभिनय अनिल बिष्ठ प्युठानी र रिया खड्काले गरेका छन् । यस्तै, भिडियोलाई सम्पादन पनि अनिल बिष्ठ प्युठानीले नै गरेका छन् ।

