बिहिबार, बैशाख ०६, २०८१

उपेन्द्र नेतृत्वको समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं,२ चैत । मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरममा नेपालमा  १५ सांसद रहेका छन् सो पार्टीले  सभामुख ओनसरी घर्ती मगर मार्फत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।
फोरम संसदीय दलका नेता अशोक राइले हस्ताक्षर गरेको पत्र दलका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुखलाई बुझाएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र थमाउँदै प्रमुख सचेतक यादवले मोर्चाका अन्य दलहरुले पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।