बिहिबार, बैशाख १०, २०८३

मोना जापानले आयोजना गरेको फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

जापान । म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ९ तारिखका दिन जापानको साइतामाको गर्न आयोजन गर्न लागेको जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को सम्पूर्ण तयारी पुरा भएको छ ।
मोना जापानले गर्न लागेको सो फुटसल प्रतियोगिताको लागि हालसम्म ३० टिमले खेलका लागि दर्ता गराइ उनीहरूको टिम क्यापटेनको उपस्थितिमा टाईसिट तथा खेलसम्बन्धी आवश्यक नियमहरूको बारेमा शिनओकुबोको भेटघाट रेष्टुरेण्टमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रम संयोजक सागर कार्कीले जानकारी दिए ।

कार्यक्रम संयोजक कार्कीका अनुसार प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार नगद मेडल प्रमाण पत्र र उप विजेतालाई १ लाख ७० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ । त्यस्तैगरि उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट रक्षकलाई ५ हजार र सर्वाधिक गोलकर्तालाई पनि ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने पनि बताईएको छ ।
प्रतियोगिता संचालनका लागि व्यवस्थापकीय र आर्थिक पाटोको तयारी पनि भैरहेको र जापानस्थित प्रतियोगिता र मोनाप्रति सत्भाव राख्नेहरूले आवश्यक सहयोगसहित सल्लाह सुझाव प्रदान पनि गरिरहेकोले खेललाई प्रभावकारी बनाउन सहज भैरहेको पनि आयोजक संस्थाका अध्यक्ष सचिन श्रेष्ठले बताए ।

टाईसिट र नियमहरू